२०८१ माघ ७, सोमवार , १०:५१:२८ बजे

Sajhamanch
'

शिवसताक्षीको लक्ष्मीनारायण माविमा छात्रबृत्ती तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

शनिवार, असोज २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी १ स्थित धरमपुरमा रहेको लक्ष्मीनारायण माविले छात्रबृत्ती तथा निबन्ध लेखन प्रतियोगिताको बिजेतालाई पुरस्कार बितरण गरेको छ ।

विहीबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा समाजसेबी अम्बर बहादुर थापाबाट स्थापना गरिएको स्वा।पिता नरबहादुर थापा तथा स्वा। माता तारादेबी थापाको स्मृति अक्षयकोषको प्राप्त ब्याचको रकमले निबन्ध लेखन प्रतियोगिताको बिजेतालाई पुरस्कार साथै उत्कृष्ट २ जना बिद्यार्थीलाई छात्रबृति बितरण गरिएको हो । गत १२ गते सोही बिद्यालयमा नगर स्तरिय माबी तहका बिद्यार्थीहरु बिच सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न के गर्नु पर्ला नामक निबन्ध लेखन प्रतियोगिता संचालन गरिएको थियो ।

उक्त निबन्ध लेखन तथा बाचनको लागी नगरको १२ वटा सामुदायिक बिद्यालय मध्ये ११ वटा बिद्यालयहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा क्रमशः लक्ष्मिनारायण माबीकी छात्रा समिक्षा अधिकारी प्रथम ,झिलझिले माबीकी छाात्रा रोश्नी गलान तामाङ द्वितीय , लालपानी माविकी छात्रा शुस्मा कार्की तृतीय र भानु मावि लालाझोडाका छात्र मिराकहाङ चेम्जोङ सान्तावना भएका थिए ।

उनिहरुलाई जनहि क्रमश १२ हजार ,८ हजार , ५ हजार र ३ हजार सहित प्रशँसा पत्र प्रदान गरिएको थियो । उक्त , नगद पुरस्कार र प्रशँसा पत्र कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मेगाहाङ थोप्रा तथा अक्षयकोष दाता अम्बरबहादुर थापाले संयुक्त हस्तान्तरण गरे । त्यसै गरि कक्षा १२को बोर्ड परिक्षामा २०७९मा सार्बोत्कष्ट अंक प्राप्त गर्ने द्धय आर्या तामाङ र रोशन बिश्वकर्मा जनही ६ हजार ५ सय रुपैया सहित प्रशंशा पत्र प्राप्त गर्न सफल भए ।

यस अक्षयकोष शिवसताक्षी नगरपालीकाको माध्यमीक तह अन्तरगातका समुदायीक अन्तर बिद्यालयका बिद्यार्थी बिच कुनैपनि बिषयमा लेखन तथा बकतृत्वकला प्रतिस्पर्धा गराई पुरस्कृत गराउने र सोही बिद्यालयका २ उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई बितरण गर्नु मुख्य उदेश्य रहेको अक्षयकोष दाता अम्मरबहादुर थापाले बताए र उनका अनुसार यस बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले शिवसताक्षी नगरपालीकाको सामुदायिक बिद्यालयमा अध्यानरत बालबालीकाहरुको सृजनात्मक र रचनात्मक प्रतिभा प्रफुटन तथा लेखन क्षमता बुद्धि गर्न एबम बिद्यार्थीलाई लागनशिल ,मेहेनती अनुशासित भई सर्बोत्कृष्ट नतिजा प्रेरित गर्ने अभिप्रायले नै स्वार्गिय माता पिताको स्मृतिमा अक्षयकोष स्थापना गरिएको बताए ।
उनै दाता थापाको पहलमा नेपाल जपान मैत्रि बिद्यालयको नयाँ भवन बनाउन सफल भएको बताइएको छ ।

त्यसैगरि पुर्ब शिक्षक माधब भण्डारीले स्थापना गरेको ३ लाख रुपैयाको अक्षयकोषबाट ४ जना उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिएको छ ,यसरी पुरस्कृत हुनेमा कक्षा १२ बाट आर्य तामाङ र रोशन बिश्वकर्मा हुन भने कक्षा ८ बाट प्रिया दर्नाल र नबिन कार्कीले जनाही नगद ५ हजार सहति प्रशंशा पत्र प्राप्त गर्न सफल भए । उनिहरुलाई अक्षयकोष दाता र प्रमुख अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि नगरप्रमुख थोप्राले सामुदायीक बिद्यालयको शैशिक गुणस्तर सुधार गर्नको लागी नगरपालीका चनाखे भई लागी परेको बताउदै सामुदायी बिद्यालयका शिक्षकले आफना सन्तानलाई पनि सामुदायीक बिद्यालयमा पढाउनु पर्ने बताए । उनले भने आगमी शैशिक शत्र देखि नगरले सबै अंग्रेजी माध्यममा पठन पाठन हुने बिद्यालयमा किताबकोे एकरुपता कायम गराउने र शिक्षकले सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तानलाई अनिबार्य पढाउने ब्यबस्था कायम गर्ने बतए ।

अबिभावक हरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तब्य शिक्षक खगेन्दबहादुर दाहालले गरेका थिए भने दाताहरु माधबप्रसाद भण्डारी र अम्मरबहादुर थापाले आआफ्नो धारणा राखेका थिए ।
बिद्यालय ब्यबस्थापन समितको अध्यक्ष भिमबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रमको संचालक बिद्यालयको प्रअ खगेन्द्र लम्जेलले गरेका थिए ।

शनिवार, असोज २०, २०८० | शिक्षा, समाज

सम्बन्धित खबर