२०८२ असार २६, बिहिवार , ०७:३५:०४ बजे

Sajhamanch
'

प्रदेश अधिवेशनलाई लिएर विरोधीले एकोहोरो टिप्पणी गरे: ओली

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेकपा (एमाले)“हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका दिओस्,” उनले भने, “अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।”

उनले चुनावमा सबैले नजित्ने भएकाले पार्टीमा सहमति गर्दा नै उपयुक्त हुने बताए ।

“सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने,” ओलीले भने, “उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।”

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मूल्यांकन गरिरहेको हुने बताए । नेतृत्वको मूल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने उनको भनाइ छ ।

“नेतृत्वको मूल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन,” ओलीले भने ।

उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । ओलीले आफ्नो खुसीले चुनाव लडेर निराश भएको टिप्पणी गरे ।

“कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?,” ओलीले सोधे ।

सम्बन्धित खबर