२०८१ फागुन १४, बुधवार , ०३:०६:५६ बजे

Sajhamanch
'

सेनाको ट्रकको ठक्करबाट राष्ट्रियसभा गृहअगाडि एक युवतीको मृत्यु

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेपाली सेनाको ट्रकको ठक्कटरबाट एक युवतीको मृत्यु भएको छ । बिहीबार साँझ सेनाकोे प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको ट्रकले राष्ट्रियसभा गृहअगाडि बा प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो ।

रन्तपार्कबाट भद्रकालीतर्फ आउँदै गरेको ट्रकले राष्ट्रिय सभागृहबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

ट्रक सेनाका कर्मचारी मोहम्मद नुरेन देवानले चलाएका थिए । गाडी चालकलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

शुक्रवार, असोज १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर