२०८१ फागुन १४, बुधवार , ०३:०९:४० बजे

Sajhamanch
'

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

शुक्रवार, असोज १९, २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने बताइएको छ।

शुक्रवार, असोज १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर