२०८१ फागुन १४, बुधवार , ०३:०५:०१ बजे

Sajhamanch
'

बझाङ भूकम्प अपडेट : एकजनाको मृत्यृ, २७ घाइते, ४११ भवनमा क्षति

बिहिवार, असोज १८, २०८०

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको छ ।

भूकम्पपछि भागदौड गर्दा र संरचना भत्किएर लाग्दा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

भूकम्पका कारण ३७८ निजी आवास, सात विद्यालय, २५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन गरी कुल ४११ भौतिक संरचना क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

“भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम द्रुत गतिमा भइरहेको छ,” कार्यकारी प्रमुख पोखरेलले भने ।

सम्बन्धित खबर