२०८१ माघ २४, बिहिवार , ०९:४१:५० बजे

Sajhamanch
'

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

बुधवार, असोज १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

बझाङमा गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले बिहीबार बिहान बैठक बोलाएका हुन् ।

बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।