
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टन डिकले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
भेटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।
भेटमा अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताएका छन् ।