२०८१ फागुन १४, बुधवार , ०३:२३:०८ बजे

Sajhamanch
'

नेप्से ९.२४ अंकले बढ्यो

बुधवार, असोज १७, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार ९.२४ अंकले बढेको छ । आज नेप्से ०४.७ प्रतिशतले बढेर १९६७.९७ का बिन्दुमा पुगेको छ ।

आज २८४ धितोपत्रको ४३ लाख २३ हजार २१ कित्ता सेयर एक अर्ब १८ करोड ९९ लाख ३१ हजार ४८५ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ३७४.९० को बिन्दु कायम भएको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । आज बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ ।