२०८१ पौष ७, आइतवार , ०८:३१:४४ बजे

Sajhamanch
'

बझाङमा रोकिएको छैन परकम्प

बुधवार, असोज १७, २०८०

काठमाडौं । बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको छ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा परकम्प गएका थिए। यीबाहेक सानासाना परकम्प गइरहेको केन्द्रले जनाएको छ।बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पका कारण पहिरो जाँदा एक महिला बेपत्ता भएकी छन्। जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएको प्रहरीले जनाएको छ।

भूकम्पका कारण १३ जना घाइते भएका छन्। विभिन्न स्थानीय तहका दर्जनौँ घरमा क्षति पुगेको छ। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्। सदरमुकामका पक्की घरसमेत चर्किएका छन्। भूकम्पले घर भत्काउँदा कतिपय परिवार खुला आकाशमुनि रात बिताउन बाध्य छन्।

सम्बन्धित खबर