
काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएर छोडेको छ ।भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । सोमबार महराको बयान लिएर छोडिएको हो । महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।