२०८१ फागुन १८, आइतवार , ०१:१०:१८ बजे

Sajhamanch
'

रेडहर्सलाई हराउँदै चाँद क्वाटरफाइनल प्रवेश

मङ्गलवार, असोज १६, २०८०

मानेभञ्जयाङ (भारत) । चाँद एफसी तीनधारिया सातौं मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए । ४ मिनेट नवित्दै सौरभ तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

६५औ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गर्दै चाँदलाई ४–१ गोल अन्तरको जित निकाल्यो ।

खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए । जितसंगै चाँदले सेमीफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिचको बिजेतासँग खेल्नेछ ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा डुवर्स र सिङलिङ स्पोर्टिङ क्लब सिक्किम बीच प्रतिस्पर्धा हुनेछ ।

मङ्गलवार, असोज १६, २०८० | खेलकुद

सम्बन्धित खबर