२०८१ फागुन १३, मङ्गलवार , ०७:११:४३ बजे

Sajhamanch
'

इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो ।

उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।

मङ्गलवार, असोज १६, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर