२०८२ जेठ ३, शुक्रवार , १०:४७:५४ बजे

Sajhamanch
'

तीन संसदीय समितिको बैठक बस्दै

मङ्गलवार, असोज १६, २०८०

काठमाडौँ । आज एकै पटक तीन वटा समितिको बैठक बस्दैछ।

अहिले केहीबेरमा सुरु हुने अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुनेछ।

आजै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल हुनेछ। बैठक केहीबेरमा सुरु हुनेछ।

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। जसमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा विद्यालय अनुगमनको समिक्षा हुनेछ।

सम्बन्धित खबर