
काठमाडौं । एसियन गेम्स-२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ।
नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।