२०८२ जेठ ५, आइतवार , ०४:४६:५६ बजे

Sajhamanch
'

एमाले कर्णाली प्रदेश अधिवेशन : नेतृत्व चयन गर्न आज मतदान

शनिवार, असोज १३, २०८०

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा आज मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तयारी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रदेश अध्यक्षमा पाँचजनाको उमेदवारी परेको छ । गुलावजंग शाह, मिनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उमेदवारी परेको छ ।

सर्वसम्मत नेतृत्व यचयनको प्रयास भए पनि सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुन लागेको हो ।