
काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो । प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्स सहभागी थिए ।