२०८१ फागुन १३, मङ्गलवार , १२:३५:४३ बजे

Sajhamanch
'

१९ अ‍ौं एसियाली खेलकुद: नेपाल पब्जीमा सेमिफाइनलमै रोकियो

शनिवार, असोज १३, २०८०

काठमाडौँ । चीनमा भईरहेको १९ अ‍ौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।

१९ अ‍ौं एसियाली खेलकुदमा पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली टिमले फाइनल चरण पार गर्न सकेन।समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न नसकेको हो।नेपाल तेस्रो स्थानमा रहेको छ। समूह ए को चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो।

नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो।