२०८१ माघ २५, शुक्रवार , ११:०६:५६ बजे

Sajhamanch
'

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

शुक्रवार, असोज १२, २०८०

काठमाडौँ । चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।

समितिका सभापति भानुभक्त जोशीले चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने गृहमन्त्रालयलाई आग्रह गर्ने बताए। आन्दोलित चिकित्सक र सरकारलाई वार्ताबाट सहमति खोज्न पनि समितिले आग्रह गरेको छ।