२०८१ फागुन १२, सोमवार , ०६:४६:०७ बजे

Sajhamanch
'

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।

आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।

शुक्रवार, असोज १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर