२०८१ पौष २७, शनिवार , ०५:२०:४८ बजे

Sajhamanch
'

अत्यासलाग्दो तथ्याङ्क : झापामा ६ महिनामा सवारी ५१४ सवारी दुर्घटना, ४० को मृत्यु, ३२ हजार ३४२ वटा सवारीलाई कारबाही

बिहिवार, असोज ११, २०८०

झापा । झापामा बितेको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४० जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा पछिल्लो ६ महिनामा ३६१ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् ।

कार्यालयका अनुसार २०७९ चैतमा ७, बैसाखमा ६, जेठमा ७, असारमा ९, साउनमा ५, भदौमा ६ को मृत्यु भएको हो । मृत्यु हुनेमा २७ पुरुष, ९ महिला, १ बालक र ३ बालिका छन् ।

ती दुर्घटनाहरुमा ७१ जना गम्भीर घाइते भएका छन् भने ४७६ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । सामान्य घाइते हुनेमा ३३१ जना पुरुष, ९७ जना महिला र ४८ जना बालबालिका रहेका छन् ।

दुर्घटना हुने सवारीमा ३२८ ओटा मोटरसाइकल, ३६ टेम्पो, ३१ साना सवारी, २२ बस, १५ ट्रक, ५ ट्रिपर, २२ ट्याक्टर, २ माइक्रो, डोजर भेटर लोडर १ र जिप–कार ५२ रहेका प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रहरीले अघिल्लो आर्थिक वर्षको चैतमा ३२ लाख ४० हजार, बैसाखमा ३६ लाख ६० हजार, जेठमा ४२ लाख ३ हजार ५००, असारमा ५० लाख ४२ हजार राजवस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनमा २७ लाख २८ हजार, भदौमा २८ लाख ३४ हजार ६७१ राजवस्व सङ्कलन गरेको तथ्याङ्क दिइएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ हजार ३४२ वटा सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको प्रहरीको भनाई छ ।

कार्यालयले एक हजार ६०६ वटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रमसमेत गरेको छ । उक्त कार्यक्रममा एक लाख दुई हजार ५७६ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

झापाका ट्राफिक प्रमुख नवराज न्यौपानेले दुर्घटना न्यूनीकरणका लागि अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनले सवारी चेकजाँचलाई प्रभावकारी बनाइरहेको बताएका छन् ।

प्रमुख न्यौपानेले धेरैजसो दुर्घटना लापरबाहीकै कारण हुने गरेको बताए । उनका अनुसार लापरबाहीका कारण भएका धेरैजसो दुर्घटनामा ज्यान नै जाने गरेको छ । उनले दुर्घटनालाई न्यूनीकरण गर्न राति १२ बजेसम्म चेकजाँच गर्ने गरिएको बताए ।

सम्बन्धित खबर