२०८१ फागुन १२, सोमवार , ०८:१५:४४ बजे

Sajhamanch
'

मानसरोवरमा रमाउँदै प्रधानमन्त्री दाहाल

बिहिवार, असोज ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शन गरेका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलाश पर्वतका लागि उडेका थिए। प्रधानमन्त्री दाहाल बुधबार चीनको बेइजिङबाट तिब्बत आएका थिए। उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलाश पर्वत पुगेका छन्।

ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए।

प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।