२०८१ पौष ८, सोमवार , ०७:३३:५९ बजे

Sajhamanch
'

नागरिकलाई दुःख नदिने भन्दै इन्द्रजात्रामा हिँडेरै पुगे राष्ट्रपति

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् ।

हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

“सम्माननीय राष्ट्रपति जुद्ध शालिकमा गाडीबाट ओर्लिनुभयो र सर्वसाधारणलाई अभिवादन गर्दै पैदल काष्ठमण्डप पुग्नुभयो,” राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “उहाँले सर्वसाधारणलाई दुःख हुने काम गर्नु हुँदैन भनेर पैदल आउनुभएको हो ।”

राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दुःख नहुने गरी सहभागी हुने बताएको थियो ।

सुरक्षा संयन्त्रले पैदल जाँदा सुरक्षा ‘प्रोटोकल मेन्टेन’ नहुने भन्दै राष्ट्रपतिलाई गाडीमै जात्रास्थलसम्म पुग्न अनुरोध गरेका थियो । तर, राष्ट्रपतिले भने त्यसो गर्दा सर्वसाधारणलाई सास्ती हुने भन्दै हिँडेर जाने अडान राखेका थिए ।

सम्बन्धित खबर