२०८२ असार २९, आइतवार , १२:१९:४३ बजे

Sajhamanch
'

विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा बालिकाको निधन

बिहिवार, असोज ११, २०८०

उदयपुर । कालो अरिङ्गालले टोक्दा खोटाङकी एक बालिकाको ज्यान गएको छ। विद्यालय जाने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छा गाराकी ३ वर्षीया प्रतिमा राईको उपचारको क्रममा ज्यान गएको हो।

मंगलबार विहान दिदीहरुसँगै विद्यालय गएकी प्रतिमालाई बाटोमा कालो अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएको थियो। उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लगिएको थियो त्यहाँ उपचार सम्भव नभएपछि दिक्तेलस्थित जिल्ला अस्पताल पुर्याइए पनि बचाउन नसकिएको वडाध्यक्ष मिलन राईले बताए। वडाध्यक्ष राईका अनुसार स्कुल जाने क्रममा बाटोमा बिच्किएको अरिङगालले विद्यार्थीमाथि गोलै खनिएर टोक्न थालेपछि दिदीहरु भागे पनि उनी भाग्न नसक्दा ज्यान गुमाउनु परेको हो।

केपिलासगढी १ फेदीस्थित सारालुङस्थित जनसेवा प्राविमा पढ्ने दिदीहरुसँग प्रतिमा पनि कहिलेकाँही जाने आउने गर्थिन्। मंगलबार जादै गर्दा बाटोमा पर्ने जंगलमा बिच्किएको कालो अरिङगाल गोलै खनिएर सबैलाई टोक्न थालेपछि भाग्न सक्नेहरु भागे पनि बालिका प्रतिमा भाग्न नसक्दा ज्यान गुमाउनु परेको हो।

जंगलको अग्लो रुखमा गुँड लगाएर छावा कुर्काउने अरिङगाललाई बाँदरले जिस्क्याएर बिच्काएको हुनसक्ने अध्यक्ष राईको अनुमान छ। स्कुल गईरहेको समूहका विद्यार्थीमध्ये अरिङगालले सुरुमा प्रतिमा र ८ वर्षीया तेन्जी शेर्पालाई टोकेको थियो। अरिङगालले टोक्न थालेपछि सबै भाग्न थाले, तेन्जी पनि भाग्न सफल भईन् तर, सानी भएकाले प्रतिमा भाग्न नसक्दा गोलो पुरै उनीमाथि खनिएर मृत्यु भएको हो।

सम्बन्धित खबर