
दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ।
सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।
उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।