२०८१ माघ २६, शनिवार , ०४:३२:५० बजे

Sajhamanch
'

मनिपाल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

बुधवार, असोज १०, २०८०

काठमाडौँ । मनिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पताल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।

चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकोमा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएका थिए।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताए। त्यस्तै लमजुङ अस्पतालले पनि एक विज्ञप्ति जारी गरेर आकस्मिकबाहेकका सेवा बन्द गर्ने बताएको हो।

आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन्।