२०८१ फागुन १२, सोमवार , ०३:१४:३८ बजे

Sajhamanch
'

राहत शिक्षकको आन्दोलनमा प्रहरीसँग ठेलमठेल, सातजना घाइते

बुधवार, असोज १०, २०८०

काठमाडौं । राहत शिक्षकले बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

बुधबारको आन्दोलनमा प्रहरीसँग ठेलमठेल भएको छ । सो क्रममा सातजना घाइते भएको राहत शिक्षक संघका महासचिव कुमार चौलागाईंले जानकारी दिए ।


आन्दोलनका क्रममा प्रहरीसँग ठेलमठेल हुदा अधिकांशको खुट्टामा चोट लागेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।