काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्।
एसियन गेममा सहभागी हुन लामिछाने मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनलाई एसियन गेममा सहभागी हुन नेपाली क्रिकेट टोली आइतबार नै चीन प्रस्थान गरिसकेको छ। लामिछाने भने आइतबार नै आफूविरुद्धको मुद्दामा पेसी तोकिएकाले टिममा सहभागी बनेका थिएनन्।
काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको पेसी तोकिएको थियो। भदौ २१ गतेपछि असोज १ मा तोकिएको पेसी असोज ७ मा सरेको थियो। अदालतले पेसी स्थगन गरसँगै लामिछाने चीन जान जाने भएका हुन्। चीन नजाने बताएका उनलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलमा सहभागी हुन आग्रह गरेका थिए।
लामिछानेविरुद्ध ‘गौशाला २६’ किशोरीले दायर गरेको जबरजस्ती करणीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। एसियन गेममा नेपाली टोलीले बुधबार मलेसियासँग खेल्दैछ।