२०८१ फागुन ११, आइतवार , ०४:१४:४८ बजे

Sajhamanch
'

घरको छतबाट खसेर ७ वर्षीय बालकको मृत्यु

मङ्गलवार, असोज ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा घरको छतबाट चिप्लिएर ७ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका घर भई फुङलिङ नगरपालिका वडा नं. ५ बस्ने अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले जानकारी दिए।

साथीसँग घरको छतमा बल खेल्दै गर्दा बल भुईमा खसेको थियो। साथीहरू बल लिन भुँईमा गएकाबेला घरको रेलिङमा चढेर बलतर्फ हेर्न खोज्दा चिप्लिएर छतबाट खस्दा घाईते भएका अंकितको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डिएसपी लिम्बूले शवको आवश्य कानुनी प्रकृया पूरा गरी शवको पोष्टमार्टम पछि शव आफन्तलाई बुझाउने तयारी भइरहेको जानकारी दिए।

सम्बन्धित खबर