२०८१ फागुन १२, सोमवार , ०६:०९:०६ बजे

Sajhamanch
'

उदयपुरमा डेंगी संक्रमणबाट एकजनाको मृत्यु

सोमवार, असोज ८, २०८०

उदयपुर। उदयपुरको बेलका नगरपालिका–५, खारखोलाको एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।

खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगीको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

गत सातादेखि डेंगी संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो ।

घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पतालको आइसियूमा राखिएको थियो ।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगी संक्रमण देखा परेपछि हालसम्ममा तीनजनाको मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन् ।

सम्बन्धित खबर