२०८१ माघ २५, शुक्रवार , ११:४५:१९ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या २९ हजार पुग्यो

आइतवार, असोज ७, २०८०

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।

यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९५१ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

सम्बन्धित खबर