
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ ।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट बेइजिङ पुगेका हुन् । उनले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद र अन्य सदस्य छन् ।