२०८१ फागुन १२, सोमवार , ०१:१९:३७ बजे

Sajhamanch
'

यती एयरलाइन्स विमान दुर्घटना : जाँचबुझ समितिले बुझायो प्रतिवदेन

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो ।

दुर्घटनाबारे विस्तृत जाँचबुझ गर्न समिति गठन गरिएको थियो । समितिले आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सुझावहरूसहितको प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डबमोजिम दुई महिनाभित्र सार्वजनिक हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर