
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।
मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।
आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।