२०८१ फागुन १९, सोमवार , ११:५६:३८ बजे

Sajhamanch
'

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

बुधवार, असोज ३, २०८०

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ

बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो । प्रशिक्षक सुनिल श्रेष्ठले खेलअघिको पत्रकार सम्मेलनमा समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने ।

नेपालका कप्तान जियारथ शेखले पनि तयारी राम्रो भएको बताएका छन् । ‘हाम्रो तयारी राम्रो भइरहेको छ । आशा छ, भोलिको खेल पनि राम्रो हुनेछ’, उनले खेलअघिको पत्रकार सम्मेलनमा भने ।

सम्बन्धित खबर