
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच भेट भएको छ।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क रहेका दाहाल रविक्रमसिङ्घेबीच मंगलबार भेट भएको हो।
भेटका अवसरमा दुवैबीच नेपाल र श्रीलंकाबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ।