२०८१ माघ २५, शुक्रवार , ०५:४४:४७ बजे

Sajhamanch
'

‘कोसी’ नामविरुद्ध पहिचानवादीको विरोध प्रर्दशन

मङ्गलवार, असोज २, २०८०

विराटनगर । कोसी नाम खारेज गर्न माग गर्दै पहिचानवादीले मंगलबार मोटरसाइकल र्‍याली र विरोधसभा आयोजना गरेका छन् । सुनसरीको इटहरीबाट निकालिएको र्‍याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको हो ।‌

प्रदेश सभाबाट गएको फागुन १७ गते कोसी नामकरण भएसँगै पहिचानवादीको घटकले विरोध गरिरहेको छ । पुनः नामकरण नहुँदासम्म आन्दोलन जारी रहने पहिचानवादीको अडान छ ।

विरोधसभामा बोल्दै जनमुक्ति पार्टीका महासचिव पदमा जबेगुले भने, आफ्नो ३० दिनमात्र आयु भएको सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । शक्ति उन्माद त्यागेर पहिचानवादीको माग पूरा गर्नुहोस ।

उनले आफूहरूको आन्दोलन कुनै जातिविरुद्ध नभएर पहिचानका लागि भएको जिकिर गरे ।

कार्यक्रका सहभागीले नामकरणमा मतदान गर्ने ८२ जना सांसदविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यक्रममा दलित अभियन्ता नरेश विश्वकर्मा, जसपा किरात समितिका रमेश राई, पहिचानवादी नेता कमल तिगेला, लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका प्रदेश उपाध्यक्ष युवराज जिरेललगायतले मन्तव्य राखेका थिए ।‌ वक्ताले आफूहरू गणतन्त्र विरोधी नभएको पनि बताएका थिए ।

यसअघि पहिचानवादीको युवा दस्ताले झापाको बिर्तामोडमा प्रदर्शन गरेका थिए ।‌ पहिचानवादीले आन्दोलन गर्ने भएपछि स्थानीय प्रशासनले प्रदेश राजधानी विराटनगरका विभिन्न भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित खबर