२०८१ फागुन १०, शनिवार , ०१:५३:४१ बजे

Sajhamanch
'

चिर्पट प्रहार गरी बुवाको ‘हत्या’

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–८, पुल्चोकका २६ वर्षीय विकास परियार छन् ।

चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय बलबहादुर परियारको हत्या गरेका आरोपमा सोमबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा विकासले चिर्पट प्रहार गरेका थिए । बलबहादुर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सामुदायिक अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर