
काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज ९मंगलबार० अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २४ गते अमेरिकन एक डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
त्यसयता घटेको डलरको मूल्य मंगलबारभने बढेको छ । अमेरिकन एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
सोमबार भने एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा थियो । त्यसदिन एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा थियो ।