२०८१ फागुन ११, आइतवार , ०३:५४:०३ बजे

Sajhamanch
'

‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम हुँदै

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ।

कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल,पूर्व सभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, र संविधानविद् नीलाम्बर आचार्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।