२०८२ पौष १ मङ्गलवार , ०६:०१:२३ बजे

Sajhamanch
'

१९औं एसियाड : पुरुष भलिबलमा नेपालल्ले आज बहराइनसँग खेल्दै

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ ।

एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ ।

यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ ।

पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा र नयाँ खेलाडीहरु धेरै छन् । यस्तै मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् ।

समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने छैन ।

नेपालको महिला भलिबल टिमले भने एसियन गेम्समा डेब्यु गर्दैछ । सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुने भलिबलमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाडमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागि हुँदैछन् । एसियाडको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो ।

१९औं एसियाडमा एसियाका ४५ देशबाट करिब साढे १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली पुरुष भलिबल टिम:

मान बहादुर श्रेष्ठ (कप्तान), विशाल बहादुर विक, टेक राज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोज काजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षक : हान अबिङ

प्रशिक्षक : भरत यादव

व्यवस्थापक : रोशन श्रेष्ठ

सम्बन्धित खबर