२०८१ फागुन १०, शनिवार , ११:५१:५९ बजे

Sajhamanch
'

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी

आइतवार, भदौ ३१, २०८०

काठमाडौँ । देशभरको स्वास्थ्य सेवा प्रभावित बनेपछि सरकार र चिकित्सकहरूबीच वार्ता सुरु भएको छ।

नेपाल चिकित्सक सङ्घले आफूहरू असुरक्षित भएको बेला सेवा दिन नसक्ने र हेटौँडा घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प गरेपछि सरकारले वार्ताका लागि बोलाएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थय मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेर वार्ता सुरु गरेको छ।

स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट दुबै पक्षबीच वार्ता सुरु भएको छ। वार्ता अहिले जारी रहेको नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्कीले बताएका छन्।