२०८१ पौष १३, शनिवार , ०२:११:५१ बजे

Sajhamanch
'

शिवसताक्षीमा १५८ औं मोती जयन्ती मनाइयो

शुक्रवार, भदौ २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा १५९ औं मोती जयन्ती मनाइएको छ । शिवसताक्षीको नगरपालिकामा रहेको सताक्षीधाम साहित्य संगमले मोतीराम भट्टको चर्चा गर्दै गजल तथा कविता बाचन गरी मोती जयन्ती मनाएको हो ।

कार्यक्रममा मोतीराम भट्टको चर्चा गर्दै सताक्षीधाम साहित्य संगमका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पदमप्रसाद दाहालले नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक भएको बताए । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा रहेका मोतीराम भट्टले १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता रुपमा काम गरेको जानकारी दिए । उनले साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले रचना गरेको कविता प्रस्तुत गरेका थिए ।

मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेका भट्टले नै १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए । कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभावकारी ढङ्गबाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ । आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मित्रप्रसाद थापाले मोतीराम भट्टको जन्मजयन्तीमा कार्यक्रम गरेर साहत्यकार भट्टलाई जीवन्त राख्ने काम गरिएको बताए । अहिलेका पिडीलाई पुराना साहित्यकारहरुको बारेमा जानकार हुँदैनन तर यस्ता कार्यक्रमहरुले नयाँ पिडीहरुले पनि साहित्यकारहरुले गरेका कामहरु थाहा हुने जान्ने मौका पाउने बताए ।

कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक जीतलाल चौधरीले शुभकामना मन्तव्य राखेका थिए भने श्रीप्रसाद खरेल, यादवप्रसाद घिमिरे, लोकमणी गौतमले गजल तथा कविता, सरोज भट्टराईले गजल गीत प्रस्तुत गरेका थिए ।

शुक्रवार, भदौ २९, २०८० | समाज, साहित्य

सम्बन्धित खबर