२०८१ माघ २४, बिहिवार , ०२:१६:४९ बजे

Sajhamanch
'

कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गतेलाई सारियो

बुधवार, भदौ २७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुईदिनपछि सारिएको छ ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले असोज २ गतेका लागि बैठक बोलाउने निर्णय गरेको थियो । तर, पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै दुई दिन बैठक सरेको जानकारी दिएको छ । विज्ञप्तिमार्फत असोज ४ गते बैठक बस्ने बताएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ,” विज्ञप्तिमा कांग्रेसले उल्लेख गरेको छ ।

सम्बन्धित खबर