२०८१ माघ १७, बिहिवार , ०७:३२:०४ बजे

Sajhamanch
'

उर्लाबारीमा बसको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु

बुधवार, भदौ २७, २०८०

विराटनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५÷७० वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको पहिचान खुलेको छैन ।

बिहान ५ः३५ बजेतिर बसले ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार बस र सो का चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित खबर