२०८२ असार १६, सोमवार , ०७:०८:२१ बजे

Sajhamanch
'

उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार, भदौ २७, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

घटनामा ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले गम्भीर घाइते अवस्थामा उपराचार्थ अस्पताल पुर्‍याइएपछि मृत्यु भएको थियो ।

उनको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ ।

बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको बताइएको छ ।

सम्बन्धित खबर