२०८२ असार १६, सोमवार , ०५:४२:४२ बजे

Sajhamanch
'

विराटनगरमा सीमा क्षेत्रबाट ४० किलो गाँजा बरामद

बुधवार, भदौ २७, २०८०

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।

मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित खबर