![](https://sajhamanch.com/wp-content/uploads/2023/09/1643611068_1643538771_raprapa-gai-1200x560-1200x560-1.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्ने भएको छ।
राप्रपाले गौहत्याको बिरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरुको पूर्ण छानबिन लगायतका विषयमा सरकारबिरुद्ध प्रदर्शन गर्न लागेको हो।
र्याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।