२०८१ पौष २४, बुधवार , ०३:३०:४० बजे

Sajhamanch
'

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मङ्गलवार, भदौ २६, २०८०

काठमाण्डौ ।पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु र गाडीबीच बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्

सम्बन्धित खबर