२०८१ फागुन १९, सोमवार , ०४:१९:५२ बजे

Sajhamanch
'

खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान

सोमवार, भदौ २५, २०८०

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो ।

वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान गर्न लागिएको हो । “यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्यक्रम अनुसार खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने नेपाली खेलकुद पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको छ,” सूचनामा उल्लेख छ । आवेदन असोज २५ गतेसम्म दिन सकिनेछ । दरखास्तwww.moys. gov.np मा दिन सकिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर