
काठमाडौँ । श्रीलंकाको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा आइतबार भइरहेको एसिया कप क्रिकेट प्रतियोगितामा भारतले उत्कृष्ट ब्याटिङ मार्फत पाकिस्तानका बलरलाई आच्छुआच्छु पारेका छन्।पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो।
भारतका ओपनर ब्याट्सम्यान तथा भारतीय कप्तान रोहित शर्मा र शुबमन गिलले पाकिस्तानका बलरलाई आच्छुआच्छु पारेका हुन।
कप्तान शर्माले अहिलेसमम ३ छक्का ५ चौकासहित ४१ बलमा ४४ रन बनाएका छन् भने यो भन्दा धेरै रन अर्का ब्याट्सम्यान गिलले बनाएका छन्। उनले १० चौकासहित ४२ बलमा ५२ रन बनाएका छन्।
भारतले अतिरित्त रनसहित १४.१ ओभरमा १०९ रन बनाइसकेको छ ।